नुवाकोटको विभिन्न ठाउँमा गोरु जुधाईयो(भिडियो)



नुवाकोट ।नुवाकोट जिल्लाको विभिन्न ठाउँमा गोरु जुधाईएको छ । माघेसंक्रान्तिको अवसरमा हरेक वर्ष गोरु जुधाई कार्यक्रमहरु हुँदै आइरहेको छ।हरेक वर्ष झै नुवाकोटको तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा २१ हल गोरु जुधाइएको हो ।

गोरु जुधाइ हेर्ने तारुकाको चन्दनीमा दर्शकहरुको भिड लागेको थियो।यहाँ धादिङ, काठमाडौं, चितवनलगायतका क्षेत्रका दर्शक पुगेका थिए ।

तारुका बाहेक विदुर नगरपालिका-१० रसुवासँगको संगमस्थल वेत्रावती, पञ्चकन्या गाउँपालिकाको पिपलडाँडा, लिखु गाउँपाकिाको कट्टीछाप, तादी गाउँपालिकाको सातबिसे, शिवपुरीको सेराबगरमा समेत बुधबार गोरु जुधाई कार्यक्रमको आयोजना गरिएको थियो ।

नुवाकोटबाहेक धादिङका विभिन्न स्थानमा पनि माघेसंक्रांन्तिका अवसरमा गोरु जुधाउने प्रचलन छ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्