धादिङमा मिनिट्रक दुर्घटना,छ को मृत्यु दुई दर्जन घाइते



धादिङ । धादिङमा मिनिट्रक(आईचर)दुर्घटना हुँदा छ को मृत्यु भएको छ भने दुई दर्जन भन्दा बढी यात्रु घाइते भएका छन।धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका-४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैदी भञ्ज्याङमा दुर्घटना परेको हो।

मंगलबार अर्थात आज गाउँमा लागेको मेला दर्शन गरेर फर्कने क्रममा गाउँका स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

दुर्घटनामा परि २५ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्