छुरा प्रहार गरी आफ्नै साथीको हत्या



काठमाडौ।भक्तपुरमा साथीसाथी बिच सामान्य विवाद हुँदा छुरा प्रहार गरि आफ्नै साथीको हत्या भएको छ।
मदिरा सेवन गरी छुरा छुरा प्रहार गर्दा एक किशोरको मृत्यु भएको हो।
भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्