बाल्टिनमा डुबेर एक वर्षीय बालिकाको ज्यान गयो



सर्लाही। बाल्टिनमा डुबेर एक वर्षीय बालिकाको ज्यान गएको छ।

सर्लाही जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा कविलासी नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादवरहेको इलाका प्रहरी कार्यलय हरिपुरले जनाएको छ।

बाह्र वर्षीय नन्दनी खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्