भारतीय विदेशमन्त्री जयशङ्करद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट



नयाँदिल्ली,मंसिर ६ । भारतका विदेशमन्त्री डा. एस. जयशङ्करले प्रधानमन्त्री वालेन्द्र शाहसँग आइतबार साँझ शिष्टाचार भेट गर्नुभएको छ।

नयाँदिल्लीस्थित होटल ताजमा भएको भेटमा विदेशमन्त्री जयशङ्करले भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई औपचारिक स्वागत गर्नुभएको थियो। सो अवसरमा उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हुने विभिन्न सहमति र सहकार्यका विषयमा जानकारी गराउनुभएको थियो।

भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको छ। विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको हो।

दुवै पक्षले द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल गर्नुभएको थियो।

भेटमा प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत निश्चलनाथ पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्