दाङमा छुरा हानेर बुहारीको हत्या



दाङ।दाङमा छुरा हानेर बुहारीको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काका अनुसार जिल्लाको गढवा गाउँपालिका- ४ रामनगर बस्ने ६५ वर्षीय कुलमान कुँवरले आफ्नै बुहारीको छुरा प्रहार गरेर हत्या गरेका हुन।
२७ वर्षीया बुहारी वसन्ता कुँवर र ससुरा कुलमान कुवर बिच घरायसी विवाद पछि घटना घटेको प्रहरी प्रवक्ता खडकाले बताए।

हिजो अर्थात बुधबार बेलुका सामान्य घरायसी विवादपछि ससुराले आफ्नी कान्छी बुहारीमाथि छुराले पेट, ढाड र छातीमा हानेर घाइते बनाएका थिए।
गम्भीर घाइते वसन्तालाई उपचारार्थ अस्पताल लगे लगत्तै मृत्यु भएको थियो।
हत्या आरोपी कुलमानलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्