झापाबाट काठमाडौतर्फ आउदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना



काठमाडौं ।झापाबाट काठमाडौतर्फ आउदै गरेको बा ४ ख ६९६ नम्बरको माइक्रोबस सिन्धुलीमा दुर्घटना भएको छ।
     
सिन्धुली जिल्लाको बिपी राजमार्गस्थित  ढुंग्रेभञ्ज्याङमा माइक्रोबस दुर्घटना भएको हो।दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने  २० जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको  छ।

मृत्यु हुनेमा भक्तपुर गठ्ठाघरका ३८ वर्षीय मोहन महर्जन रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ।

घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस सडकबाट ४० मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्