अकोराब नुवाकोटको अध्यक्षमा भट्ट



काठमाडौ।सामुदायिक रेडियो प्रशारण संघ अकोराब नुवाकोटमा देवचन्द्र भट्ट सर्वसम्मत निर्वाचित भएका छन्।भट्ट रेडियो भैरबीका संयोजक हुनुहुन्छ।नुवाकोट जिल्ला समन्वय समिति नुवाकोटको शनिबार गठित समितिका सदस्यमा  नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी, रेडियो त्रिशुलीका स्टेशन म्यानेजर शर्मिला उप्रेती, रेडियो जालपाका स्टेशन म्यानेजर जगदीश खनाल, चिम्टेश्वर एफएमका सदस्य रामहरि न्यौपाने र रेडियो तादीका अध्यक्ष सुजित भण्डारी रहेका छन् । 
   अकोराब जिल्ला समन्वय समितिले आफ्ना सदस्य रेडियोहरू बीचमा सहकार्य गर्ने, साझा चासोको विषयमा सामाग्री उत्पादन र प्रशारण  गर्नेछन् । अकोराबको प्रथम जिल्ला अधिवेशको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष एवं अकोराबका केन्द्रिय अध्यक्ष कपिलदेव खनालले सामुदायिक रेडियोहरू समुदायसंग घुलमिल हुन नसकेको र अब निजी र सामुदायिक रेडियो बीचमै फरक नरहेको बताए । उनले रेडियो सञ्चालकहरूले चाहेको सामाग्री मात्रै रेडियोबाट प्रशारण हुन थालेपछि समुदायले अपनत्व महशुस नगरेको उल्लेख गर्दै सामुदायिक रेडियोलाई आफ्नै चरित्रमा प्रशारण हुन आग्रह गरे । नुवाकोटमा हाल आठ वटा रेडियो संचालनमा छन।


आठ वटा एफएमको संयुक्त समाचार बुलेटिन 

नुवाकोटबाट प्रशारण हुने रेडियोहरूले साझा समचार बुटेलिन प्रशारण गर्ने भएका छन् । स्थानीय समाचार र समाचारजन्य सामाग्रीमा एकरुपता र गुणस्तरियता प्रदान गर्नका लागि आठ वटा एफएम रेडियोहरूले दैनिक दुई वटा समाचार बुलेटिन साझा रुपमा उत्पादन तथा प्रशारण गर्नेछ । पाँच वटा सामुदायिक र तीन वटा व्यवसायीक एफएम ÷ रेडियोहरूले नै उक्त साझा समाचार बुलेटिन प्रशारण गर्ने प्रतिवद्धता जनाएका छन् ।   विहान र बेलुकाको दुई वटै बुलेटिन जिल्लामा सञ्चालित आठ वटा रेडियोहरूले एकै साथ प्रशारण गर्नेछन् । जिल्ला खबर नाम दिइएको समाचार बुलेटिन नुवाकोट एफएम १०६.८ मेगाहर्ज, रेडियो जालपा १०४.५ मेगाहर्ज, रेडियो त्रिशुली ८८.४ मेगाहर्ज, रेडियो सञ्जीवनी ८९ मेगाहर्ज, मिक्स एफएम ८९.४ मेगाहर्ज, गज्जवको रेडियो १०५.७ मेगाहर्ज, रेडियो भैरबी ८८ मेगाहर्ज र रेडियो तादी १०५.३ मेगाहर्जमा सुन्न सकिने छ ।      साझा समाचार बेलेटिन प्रशारण आरम्भ फागुनबाट हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्