पदयात्रामा हराइरहेका दुई युवा मृत भेटिए



नुवाकोट।पदयात्रामा हराइरहेका दुई युवा मृत अवस्थामा भेटिएका छन्।उनीहरु नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीबाट दस दिन अघिदेखि  हराइरहेका थिए।

हराएका द्वय  सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षीय वाङ्गेल ह्योल्मो र काठमाडौ जोरपाटीका २० वर्षीय जापान तामाङ गोसाइँकुण्ड पदयात्रामा निस्किएका थिए।मौसम प्रतिकुल बनी हिउँ पर्न थालेपछि उनीहरु सम्पर्कविहिन  थिए।गत माघ ३ गतेदेखि सम्पर्कविहिन दुबैलाई हिउँमा पुरिएर मृत्यु भएको अबस्थामा उद्दारकर्ताहरुले आज अर्थात सोमबार  फेला परेका हुन ।

उद्धार टोली

उद्धारका लागी गाउँपालिका मार्फत परिचालन गरिएको पर्यटक गाइड समेत रहेका तादी गाउँपालिका वडा नम्बर १ उर्लेनीका लालबहादुर तामाङ नेतृत्वको उद्धारकर्मीको समूहले शव फेला पारेको हो ।

तस्वीर सघिय सांसद हितबहादुर तामाङ बाट

मुतकको शव परीक्षणको लागी हेलिकोप्टर मार्फत काठमाडौ पठाउन लागिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्