नुवाकोटमा प्रथम पञ्चकन्या चेयरमेन कप भलिबल प्रतियोगीता हुदै,उद्घाटन प्रचण्डद्वारा हुने



काठमाडौ।नुवाकोटमा प्रथम पञ्चकन्या चेयरमेन कप भलिबल प्रतियोगीता हुने भएको छ।उद्घाटन नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डद्वारा हुने पञ्चकन्याँ गाउँपालिकाका अध्यक्ष रमेश लामाले बताउनुभयो।उनका अनुसार यसप्रकारको प्रतियोगिता पञ्चकन्याँ गाउँपालिकामा प्रथम पटक आयोजना हुदैछ।


गाउँपालिकाको आयोजनामा आगामी माघ २५ गतेबाट २८ गते सम्म हुन गइरहेको यस प्रतियोगिता  नुवाकोट जिल्ला अन्तरपालिका स्तरिय हुनेछ ।


खेलकुद मार्फत स्वास्थ्य वृद्धि, स्वस्थ जनशक्ति उत्पादन , पर्यटन, विकास र समृद्धि भन्ने नारा सहित हुने  प्रतियोगीता पञ्चकन्याँ गाउँपालिका वडा नम्बर २ कबिलासमा रहेको कालिका माविको खेलमैदान कबिलासमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्