सबैभन्दा खुशी म छु- रोशनी शाही



काठमाडौ,फागुन-५ । पूर्व सभामुख कृष्णबहादुर महरा लामो समयको हिरासतबाट  रिहा हुँदाको क्षणमा जति खुशी छन त्योभन्दा बढी खुशी उनैमाथि जाहेरी दिने रोशनी शाही खुशी भएको बताएकी छिन् । उनले सञ्चारकर्मीहरुसग  प्रतिक्रिया दिदै आफू असाध्यै  खुशी भएको बताएकी छिन् ।

विगतमा अदालत पुगेर महरा निर्दोष भएको बयान दिएकी रोशनीले घटनालगत्तै मिडियामा अन्तवार्ता दिएर महरानै सर्वेसर्वा दोषी भएको आरोप लगाइन् ।त्यसको भोलिपल्ट महरा नै दोषी भएको उल्लेख गरिन।उनैले जाहेरी समेत दिएपछि महरा पक्राउ परे । अहिले रोशनीकै फेरबदलको बयानले महरालाई निर्दोष ठहर गर्ने फैसलाको एउटा बलियो आधार बन्यो ।

असोज बाह्र गते रोशनी शाहीको तीनकुनेस्थित  कोठामा पुगेर जर्बजस्ती गरेको अभियोग महरालाई लागेको थियो । त्यसपछि शाहीको किटानी जाहेरीका आधारमा महरालाई असोज १८ गते पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्