आज देशभर मौसम मुख्यतया सफा रहने, तराईमा हुस्सु र कुहिरो लाग्ने सम्भावना



काठमाडौँ,मंसिर ९ । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने तथा अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौँ उपत्यका तथा खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । ती क्षेत्रका केही स्थानमा अहिले पनि हुस्सु लागेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्