प्रदेश नम्बर-५ का सदस्य केसीलाई मातृ शोक



माधव बेल्वासे चन्द्रौटा, फागुन-६।प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीलाई मातृ शोक परेको छ । सांसद केसीकी माता लोक कुमारी केसीको आफ्नै निवास शिवराज नगरपालिका १ निवासीमा मंगलवार सांझ संवा ५ बजे निधन भएको हो ।

८३ वर्षीय केसी केही समय अघिदेखि अस्वस्थ रहँदै आउनु भएको थियो भने विभिन्न अस्पतालमा उपचार हुँदै आएको थियो । प्यूठानको गौमुखी गाउँपालिकामा जन्मनुभएकी केसीका ५ भाई छोरा र २ बहिनि छोरी छन् । उहाँको बुधवार राप्ती आर्यघाटमा अन्तेष्टिको तयारी भइरहेको पारिवारिक स्रोताले जानकारी दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेता तथा सांसद अर्जुन कुमार केसी,साविक युवा संगठनका जिल्ला अध्यक्ष गणेश केसी र नगर अध्यक्ष रामचन्द्र केसीकी माताको निधनले पार्टीलाई मर्माहित बनाएको नेकपा नगर अध्यक्ष दिनेश पुनले बताउनुभयो ।

त्यस्तै जिल्लाका नेताहरुले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति इश्वरले प्रदान गरोस भन्ने कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्