चीनबाट ल्याइएको नेपालीमा कोरोनाको संक्रमण भेटिएन



काठमाडौं,  फागुन-७ । चीनको हुबेई प्रान्तको वुहान शहरबाट नेपाल ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । आज एक पत्रकार सम्मेलन गर्दै सो  मन्त्रालयले यस्तो पुष्टि गरेको हो।

चीनबाट ल्याउनेबित्तिकै उनीहरुलाई खरिपाटीको क्वारेन्टाइन स्थलमा राखिएको थियो । उनीहरुलाई नेपाल ल्याएको दिनदेखि नै नियमित  परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्