राजपरिवारले पूर्व रानी कोमलको जन्मदिन भारतको अमृतसरमा मनाए



काठमाडौं, फागुन-७।पूर्व राजपरिवारले पूर्व रानी कोमल राज्यलक्ष्मी शाहको ७० औं जन्मदिन  भारतको अमृतसरमा धुमधामका साथ मनाएका छन । आइतबार दिल्ली भ्रमणमा निस्केको  पूर्व राजा र पूर्व रानीसहितको परिवार हिजो अमृतसर पुगेका थिए ।

उक्त शहरमा पूर्व राजपरिवारका सदस्य भेला भएर कोमलको जन्मदिन मनाएको बताइएको छ ।त्यस्तै  भोलि दिल्ली फर्कने कार्यक्रम रहेको निकट श्रोतले बतायो ।

आजबाट पूर्व रानी कोमल राज्यलक्ष्मी शाह ७० वर्ष पुगेकी छिन् । उनी फागुन ७ गतेकै दिन २००७ सालमा राणा परिवारमा  जन्मिएकी थिइन।

प्रतिक्रिया दिनुहोस्