राजधानी काठमाडौको एक क्याम्पसमै छात्रा बलात्कृत



काठमाडौं,फाल्गुन-८।राजधानी काठमाडौको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् ।क्याम्पसमा अध्ययरत एक छात्रले बिहान कक्षा सुरू हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरीसमक्ष दिएकी छन् ।पीडित २९ वर्षीया छात्राले उजुरी दिएलगत्तै नेपाल कमर्स क्याम्पसमा तेस्रो सेमेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश ढकाललाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ ।

माघ २९ गते बुधबार भएको यस घटनाको जानकारी प्रेसलाई प्रहरीले बुधबार मात्र गराएको हो ।
आफूसँगै कक्षामा प्रवेश गरेका ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि जबरजस्ती दुर्व्यवहार गरेको किटानी जाहेरी पीडित छात्राले प्रहरीसमक्ष दिएकी छन् ।

महानगरीय पहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गा रेग्मीले बलात्कारमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्