राप्रपा संयुक्तले नुवाकोटको ककनीमा आफ्नो संगठन विस्तार गर्‍यो



दिलबहादुर लामा,फागुन-८।राप्रपा(संयुक्त)ले अाज नुवाकोटको ककनीमा आफ्नो संगठन विस्तार गरेको छ। गाउपालिका को वडा नं १,२ र ३ मा अाफ्नो संगठन विस्तार गरेको हो।पार्टीका केन्द्रीय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी ज्यु को प्रमुख अातिथ्यतामा सम्पन्न वडा समिति घोषणा सभाको सभापतित्व पार्टी गाउपालिका का अध्यक्ष लाल वाहादुर लामा ले गर्नु भएको थियो भने सभामा पार्टीका केन्द्रीय सदस्य गोकर्ण सिटौला,प्रवक्ता जनकराज पाठक,श्याम सुन्दर वलामी,किसान संगठन का केन्द्रीय उपाध्यक्ष वसन्त अधिकारी,जिल्ला कार्यसमिति का उपाध्यक्ष शिव अधिकारी,कृष्णबहादुर घले(सुरज)लगायत का नेताहरु ले सभा लाइ सम्वोधन गर्नुभएको थियो।

सभा लाइ सम्वोधन गर्दै अध्यक्ष डा लोहनीले वर्तमान सरकार भ्रष्टाचारी हरुको जमात रहेको भन्दै सरकार प्रति कटाक्ष गर्नुभयो उहाले भन्नुभयो ” प्रम अोली ले भन्ने गरेको म भ्रष्टाचार पनि गर्दिन,गर्ने लाइ पनि सहन्न भन्ने वाक्य ले उनलाइ गिज्जाइरहेकोछ” पछिल्लो समय गोकुल वास्कोटा काण्डले सरकारलाई भ्रष्टाचार गर्न वढावा दिइरहेको वताउदै वास्कोटा ले मन्त्री पदवाट राजिनामा दियर मात्र नपुग्ने र उनलाइ प्रचलित कानुन वमोजिम कार्वाही समेत हुनुपर्ने मा उहाले जोड दिनु भयो।काण्ड नै काण्ड बीच सरकार ले अाफ्नो दुइवर्ष पुरा गरेको वताउदै यो दुइ वर्षमा सरकार को तारिफ गर्न लायक एउटा पनि काम नभएको र सरकार का गलत क्रियाकलाप को कारण जनतामा निरासा पैदा भएको समेत उहाले वताउनु भयो।अाफुहरुको उपस्थिति संसदमा नभए पनि सडक वाट भ्रष्टाचार को विरुद्धमा सधैव लडिरहने उहाले वताउनु भयो।अर्को प्रसंगमा हाम्रो पार्टी हिन्दुराष्ट्र सहित को राजसंस्था को पक्षमा रहेको समेत वताउदै निकट भविष्यमा नै अाफुहरु विचार,निति तथा सिद्धान्त मिल्नेहरु संग एकता,सहकार्य वा गठवन्धन गरेर वृहत अान्दोलन को तयारीमा रहेको समेत बताउनुभयो।

कार्यक्रममा वडा नं १ को अध्यक्ष मा मानवहादुर वलामी,उपाध्यक्ष कान्छा वलामी,वलराम वलामी सहित को १५ सदस्य समिति घोषणा गरिएको थियो भने वडा नं २ को अध्यक्ष मा शिताराम घिमिरे,उपाध्यक्ष मा सानुकान्छा तामाङ,काले तामाङ,सचिव मा गणेश तामाङ कोषाध्यक्ष मा धन वा तामाङ सहित को १५ सदस्य समिति घोषणा गरियक‍ो छ भने वडा नं ३ को अध्यक्ष मा विष्णुप्रसाद तिमिल्सिना,उपाध्यक्ष वाहादुर तामाङ ,ज्ञानेन्द्र प्रसाद वजगाइ,सचिवमा अर्जुन ढुंगाना,कोषाध्यक्ष मा श्याम गजुरेल रहनु भएको समिति घोषणा गरियको छ।

त्यसतै वडा नं २ मा युवक संगठन को अध्यक्ष मा मछिन्द्र घिमिरे,किसान संगठनमा नारायण गोतामे,अपांग संगठनमा पेमा लामा,जनजाति संगठनमा पिपल लामा,दलित संगठनमा कविराज दिवानी,वुद्दिजिवि परिषदमा खेम वा थापा अध्यक्ष रहेको १५ सदस्यीय कार्यसमिति समेत घोषणा गरियको थियो।कार्यक्रम मा नेपाली कांग्रेस तथा नेकपा परित्याग गरि राप्रपा(संयुक्त)मा प्रवेस गर्ने करिव एक दर्जन साथिहरु लाइ अध्यक्ष डा लोहनी ले पार्टीमा स्वागत गर्नु भयको थियो।

सो कार्यक्रम लाई राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन ( संयुक्त)का केन्द्रीय महामन्त्री अक्कल बहादुर तामाङ ले शुभकामना दिनुभएको थियो भने युवक संगठन बिस्तार जिल्लाको सबै वडा मा गर्ने उद्घोष गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्