जनताको शिर उचो राख्ने काम प्रदेश सरकारले गरेको छ:मुख्य मन्त्री डोरमणी पौडेल (भिडियो)



नुवाकोट,फागुन-८।बागमती  प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले  जनताको शिर सधै उचो राख्ने  काम गरेको बताएका छन ।

बिहिबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा गुर्जेभन्ज्याङ–समुद्रादेवी-मानेभन्ज्याङ–दुप्चेश्वर सडकको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्रि पौडेलले सुरुवाती समयमा सुकुल गुन्द्रीबाट प्रदेश सरकारले दुख गरेको स्मरण गर्नुभयो।अनवरत जनताको चासो र समृद्धिको खातिर काम गरेको बताउदै मुख्य मन्त्री पौडेलले नेतृत्वले जनताको शिर झुक्न नदिन हरसमय लागिपरेको बताउनुभयो।”यो पार्टी र त्यो पार्टी नभनौ”मन्त्री पौडेलले भने”सबै एकजुट भएर देश बिकासमा लागि परौ।”´हरेक योजना तर्जुमा जनमुखी हुनुपर्छ,हाम्रो काम हाम्रा सन्ततिले स्मरण योग्य होस्`उनले भने।

संघीय सांसद हितबहादुर तामाङले सत्ता पक्ष र विपक्ष भनी नुवाकोटको बिकासको सवालमा कोहि कतै पन्छिनु नहुने बताउनुभयो।त्यस्तै अर्का सांसद नारायण खतिवडाले इतिहासमा नुवाकोट देशकै राजधानी भएर पनि प्रकारान्त समयसम्म पिछडिनुको पछाडि राजनीति नै भएको बताउनुभयो।

कार्यक्रममा प्रदेश सभाका उपसभामुख राधिका तामाङ,प्रदेश स्तरीय नेता बद्री मैनाली,केशवराज पाण्डे,नेकपाका पदम उप्रेती तथा स्थानीय जनप्रतिनिधिहरुले कालोपत्रे सडकखण्ड निर्माण चाडै नै सम्पन्न हुने आशा व्यक्त गर्नुभयो।

मुख्य मन्त्री पौडेलको पूरा वक्तव्य यस लिन्कमा गएर हेर्न सक्नुहुनेछ

प्रतिक्रिया दिनुहोस्