बदलिदो समाज र संस्कृति विषयक अन्तरक्रिया सम्पन्न



सुरज भट्टराई , देवदह , फागुन-९ ।रुपन्देहीको देवदह स्थित स्वर्णिम सगरमाथा कलेजमा बदलिदो समाज र संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम स्वर्णिम सगरमाथा कलेजका मानविकी संकायका विद्यार्थीको आयोजनमा बिधालयको सभाहलमा भएको थियो । उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थी गरि करिब ५० जना बिद्यार्थीको सहभागीता रहेको थियो।

कार्यक्रमको उद्देश्य र औचित्यमाथी कलेजको प्राचार्य कृष्ण पौडेलले प्रकाश पार्नु भएको थियो । सहभागी विद्यार्थीहरु निशा शर्मा , अमिसा पाण्डे , भिमलाल न्यौपाने , गोमा पोख्रेल लगाएतले समाजमा भएका घटना , पलायन हुनुको समस्या , बेरोजगारीको विषयमा जोड दिएर प्रश्न गरेका थिए ।

उक्त कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा केसिले नेपाली समाज बाह्य परिवर्तनबाट बढी प्रभावित भएको कुरा हाम्रो सामु छर्लङ्ग छ । अहिलेका युवाहरूमा आमाबुबासँग रमाउनमा भन्दा टिभी कम्प्युटर या फेसबुकजस्ता विद्युतीय साधनहरूमा रमाउने अवस्थाको सिर्जना भइरहेको छ । यी तनावबाट मुक्त हुन उनीहरू पनि घरबाट बाहिर निस्केर बाह्य दुनियाँमा रमाउन खोजेको पाइन्छ । यसको परिणामस्वरूप युवा पुस्ता प्लस–टु क्लास पास गर्दागर्दै बिदेसिनका लागि तयार भएको देखिन्छ । प्रायजसो परिवारका सदस्यहरूले जीवनयापनलाई सहज र सरल बनाउने सिलसिलामा बिदेसिने क्रम बढेको बताउनुभएको छ । चाहे जुनसुकै सामाजिक हैसियत भएको उसको परिवार किन नहोस् , हाम्रो देश पनि युरोपियन वा अमेरिकनको जस्तो सामाजिक वातावरणका पछाडि बिस्तारै दगुर्न बाध्य हुन पुगेको छ । दिनहु युवाहरू पालन हुनुको कारण भनेको नागरिक सचेतनाको कमिले बताउनु भएको छ । उहाले अबको शिक्षामा आमूल परिवर्तन आउनु पर्छ र पढाई अनुरुपको स्वदेशमै केही गर्नुपर्छ । हामीले , हाम्रो समाजले येहि पढेर येहि केही गर्ने चाहे मज्दुरी गर्ने जो कोही होस् उनिहरुलाई सम्मान गर्नुपर्छ । यसो गर्न सके केही हद सम्म पलायन हुने प्रक्रिया कमी हुनेथियो । यहाँ पनि कमाउन सकिन्छ तर यहाँ समस्या नकमाउनिको हैन नबचाउनिको हो । युवाहरूमा अध्ययन संग संगै केही न केही जिम्मेवारी घर बाटै हुनुपर्छ येसो गर्न सकेपनी पलायन हुनमा कमी आउनेछ ।

त्यस्तै अर्थशास्त्री बल बहादुर पाण्डेले परिवर्तनको नाउँमा समाजले अस्वीकार गर्ने चालचलन भित्रिन सक्छ तर त्यो दिगो हुन सक्दैन । समाजले स्वीकार गर्न नसक्ने प्रकारको परिवर्तन बिस्तारै हराउँदै जानु परिवर्तनको नियम नै हो । समाजमा हुने परिवर्तनलाई पूर्वअनुमान वा परिकल्पना गर्न सकिँदैन । अहिले पनि दलित समुदाय विभिन्न वाहानामा अपहेलित हुने गरेको पाइन्छ । कानुनी रुपमा ग्रामीण क्षेत्रकालाई पनि समान व्यवहार भएतापनी अझै पनि त्यो समाजमा कतै न कतै देख्न पाइएको छ। समृद्ध समाज र खुसी समाज निर्माण गर्न यस्तो विभेदको अन्त्य हुनुपर्छ ।

साथै विद्यालयको प्राचार्य कृष्ण पौडेलले अहिलेको समाज भनेको कचल्टिको समाज रहेको छ । मानिसहरु मिहिनेत नगरी पैसा कमाउन खोज्छन् र त्यो पैसा जसरी आएको हो त्यसै गरि नै जान्छ । छिटो आर्थिक आय-आर्जन गर्ने सोचमा उ अपरधिक क्रियाकलापमा फस्ने बताउनु भएको छ । कतिपय मानिसहरु बेरोजगारीका समस्याले गर्दा पनि अपराधीक सामाजिक गतिविधिमा लागेको पाईन्छ। कुनै पनि काम सानो ठूलो हुदैन । यदि त्यही काम निरन्तर लागेर मिहिनेत साथ गरियो भने अवस्य त्यही कामबाट सफल हुन सक्छन् । अन्तरक्रियामा प्राध्यापक दिपेश विक्रम मल्लले मध्यस्तताको भुमिका निर्वाहा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्