शिवरात्रीमा डोरी टाँगेर पैसा उठाउदा एक बालकको बसको ठक्करले ज्यान गयो



दोलखा,फागुन-९। दोलखाको कालिञ्चोक गाउँपालिकास्थित  शिवरात्रीमा डोरी टाँगेर पैसा उठाउने एक बालकको बसको ठक्करले ज्यान गएको छ।सिंगटीबाट चरिकोटतर्फ आइरहेको बा ४ ख ५८०९ नम्बरको बसले बालक पुजन थामीलाई ठक्कर दिदा घटनास्थलमै ज्यान गएको हो।

बालक थामी शिवरात्री मनाउन साथीहरू सग मिलेर  डोरी टाँगी सहयोग माग्दै थिए।

थामीलाई बसको पछाडिको चक्काले किच्दा ज्यान गएको  प्रहरीले जनाएको छ ।गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्