कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २३ सय नाघ्यो, ७६ हजार संक्रमीत



काठमाडौ,फागुन-१०। कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म संख्या २३ सय नाघेको छ  भने ७६ हजार ३ सयमा संक्रमण देखिएको चीनस्थित राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
आयोगका अनुसार पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या २ हजार ३४८ पुगेको छ।

शुक्रवारमात्रै १०९ जनाको मृत्यु भएको छ भने ३९७ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । शुक्रवार मृत्यु भएकामध्ये हुबेइ प्रान्तका मात्रै १०६ जना स्थानीय थिए । चीनमा भाइरसको संक्रमण दर घटेपनि अझै ५ हजारभन्दा बढीमा भाइरसको संक्रमण रहेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्