करेन्ट लाग्दा एकको मृत्यु,एक गम्भीर घाइते



चौतारा,फागुन-११।करेन्ट लाग्दा  सिन्धुपाल्चोकमा एकजनाको मृत्यु भएको छ भने एक गम्भीर  घाइते भएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका– ४ शिरिसेका  २२ वर्षका सार्की शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो।त्यस्तै  बाह्रबिसे नगरपालिका– १ घोर्थलीका पप्पु गुरुङ भने गम्भीर घाइते भएका छन् ।

   जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार शिरिसेस्थित सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर पैदलयात्रीलाई करेन्ट लागेको हो।

प्रतिक्रिया दिनुहोस्