तनहुँ बस दुर्घटनामा २० यात्रु घाइते



काठमाडौ,फागुन-११।तनहुँ जिल्लाको पृथ्वीराजमार्गअन्तर्गत  व्यास नगरपालिका–१२ मा आइतबार बिहान भएको बस दुर्घटनामा २० जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार  दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नम्बरको बस एक अर्कासग ठोक्किदा  बसमा सवार २० यात्रु घाइते भएका  जनाएका हुन् ।

घाइतेमध्ये तीन जनालाई भरतपुरस्थित चितवन मेडिकल कलेज र एक जनालाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्