फागुन भित्रै मन्त्रीमण्डल हेरफेर



काठमाडौं, फागुन-१२ ।फागुन भित्रै मन्त्रीमण्डल हेरफेरको चर्चा पुन: हुन थालेको छ। सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका हुन ।यस अवधिमा प्रतिबद्धता अनुरुप असक्षम मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने विषयमा उनले परामर्श अगाडि बढाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ मन्त्रीलाई हटाएर यसअघि गत मंसिर १५ मा नयाँ मन्त्रीको रुपमा  नियुक्त गरेका थिए ।सरकारका कामलाई प्रभावकारी बनाउन उनले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताएको र सम्भवतः फागुनभित्रै मन्त्रिमण्डल विस्तार हुन सक्ने बताइएको छ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्