दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



दाङ,फागुन-१२।दाङ जिल्लाको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १६ का कृष्णबहादुर डाँगी रहेका छन।डाँगी सवार रा ३ प ५७११ नम्बरको मोटर साइकल  कुलमोड नजिक सोमवार मध्यान्न  अनियन्त्रित भई दुर्घटना भएको थियो।

घाइतेको फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

मृतकको नाक, मुखमा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्