हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग संचालनमा ल्याउने तयारी



मकवानपुर,फागुन-१३ । हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग संचालनमा ल्याउने तयारी गरिएको छ।झण्डै  ६० वर्षपछि यस सुरुङ मार्ग  पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको हो । मुलुकको पूर्वाधार विकासको इतिहाससँग जोडिएको यो सुरुङमार्ग २०१६ सालदेखि बन्द रहेकोे थियो ।

यो सुरुङ मार्ग हेटौंडा उपमहानगरपालिकामा रहेको छ। ऐतिहासिक महत्त्वको यो सुरुङमार्ग सञ्चालनका लागि बागमती प्रदेश सरकारले चासो देखाएसगै पुनः चर्चा मा आएको छ।हेटौंडा बजार बाट करिब नौ किलोमिटर टाढा रहेको यो सुरुङ्ग मार्ग  पहिलो मानवनिर्मित सुरुङमार्ग भएको दाबी गरिएको छ ।

यससग सम्बन्धित  समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्