कर्णालीमा जीप खस्दा चालकको मृत्यु



काठमाडौ,फागुन-१३।आज बिहान कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित  कर्णाली नदीमा जीप  खस्दा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्का रहेकोे जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ।

रासकोटदेखी यात्रु बोकेर हिडेको लु१ज ४१४१ नम्बरको जीप फर्कने क्रममा यात्रु झारेर पछाडि हटाउन लाग्दा दुर्घटना भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्