राप्रपा(संयुक्त)ले सरकारी गतिविधि जनताप्रति उदासीन भन्दै निकाल्यो बिज्ञप्ती(बिज्ञप्ती सहित)



काठमाडौ,फागुन-१३।राप्रपा(संयुक्त)ले सरकारी गतिविधि जनताप्रति उदासीन भएको बताएको छ।जनताका सवालमा प्रत्यक्ष सम्बन्ध रहेको कतिपय महत्त्वपूर्ण बिषयमा सरकार गम्भीर नभएको भन्दै मंगलबार संयुक्तले बिज्ञप्ती समेत निकालेको छ।´विगत केहि समय देखि देशमा देखिएका सरकारी गतिविधीहरु जनताप्रति गैरजिम्मेवार देखिएका छन्`उस्ले भनेको छ-“मूलतः हामी बुँदागत रूपमा नेपाल सरकार र सत्ताधारी दलको ध्यानाकर्षण गराउँदछौं ।”
  मुलतः कोरोना भाइरसप्रतिको सरकारको उदासिनता,संविधान संसोधन त्यस्तै बास्कोटा काण्डलाई सरकारले ख्यालख्यालमा लिएको भन्दै बिज्ञप्ती मार्फत ध्यानाकर्षण गर्न चाहेको उल्लेख गरिएको छ।

बिज्ञप्तीको अक्षरस यहाँ प्रस्तुत गरिछ:-

१. कोरोना भाइरसको संक्रमण विश्वव्यापी हुने लक्षण देखा परेको छ । यसबाट हालसम्म नेपाल बचेको छ । तर आउँदा दिनहरुमा यो संक्रमण नेपाल भित्र नआउला भन्न सकिँदैन । यस परिवेसमा नेपाल सरकारले अपनाउन पर्ने सतर्कता र तयारीमा गम्भिरता देखिएको छैन । कोरोना भाइरस भएका देशबाट नेपाल आउनेहरुको निगरानी व्यवस्थामा ध्यान दिइएको छैन । साथै कोरोना भाइरस नेपाल भित्र देखिएमा त्यसलाई नियन्त्रण गर्न चाहिने न्यूनतम हस्पिटल सुविधा तथा अन्य चाहिने उपकरण (जस्तै आपतकालिन औषधी, नर्सिङ्ग व्यवस्था, डाक्टरहरुको लागि सुरक्षा उपकरण, भाइरस निरोधक मास्क, हात र आँखामा प्रयोग गर्ने उपकरण इत्यादी) हरुको व्यवस्था गरिएको छैन । यसबारे सरकारको अविलम्ब ध्यान जाओस् ।

२. हालै सत्ताधारी दलले एक व्यक्तिको लागि संविधान संशोधन गर्न लागेको बुझिएको छ । यहाँ प्रश्न व्यक्तिको होइन एक व्यक्तिको लागि संविधान संशोधन गर्ने हो भने यो नालायक र प्रजातन्त्र विरोधी प्रयास हो । तराई–मधेसमा दर्जनौं नागरिकले संविधान संशोधनको लागि सहादत प्राप्त गरेको यथार्थता छ । सरकार यसबारे सामान्य छलफल गर्न पनि तयार भएको छैन । तर अचानक अब एक व्यक्तिको लागि संविधान संशोधन गर्ने अभियानले यो सरकार र सत्ताधारी दल स्वयम् यो संविधान ध्वस्त गर्न कसिएको स्पष्ट छ ।

३. नेपालको इतिहासमा सायद सबै भन्दा ठूलो भ्रष्टाचार भनेर गनिन पुगेको गोकुल बाँस्कोटा काण्डको छानविन गरी दोषीलाई हदै सम्म सजाय गरिनु पर्दछ । यो काण्डमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा जोसुकै संलग्न भएको भएपनि तिनीहरुको जनतामारा चरित्र र अनुहार पर्दा भित्र नलुकाइयोस् भनि हाम्रो दल माग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्