विवाहमा दुलाहा नै नआएपछि….



काठमाडौ,फागुन-१५।नेपालको प्रमुख केन्द्र राजधानी काठमाडौमा अनौठो घटना घटेको छ।यहाँ भएको  एक विवाह समारोहमा  दुलाहा नै नआएपछि सबै अचम्मित भएका छन। 

विवाह समारोह काठमाडौँको बानेश्वरमा आयोजना गरिएको थियो।विवाहमा १२ बजे आउने भनिएको जन्ती आएनन।जन्ती नआएपछि केटी  पक्षले प्रहरीलाई उजुरी गरेपछी यो घटना बाहिरिएको  हो ।
आफूलाई इञ्जिनियर परिचय दिने आश्रेय वस्नेतले आफू डाक्टरको छोरा भएको र घर सिनामंगल भएको बताएका रहेछन् ।त्यही बिश्वासमा परि १५ दिनअघि उनीहरुको टिकाटालो समेत भएको रहेछ। टिकाटालो कार्यक्रममा केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएको खुल्न आएको छ।

प्रहरीमा उजुरी परेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरामा बस्ने रहेछन्, कोठामा पनि ताला लागेको थियो । केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् । कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि फेला परिनन् । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेको खुल्यो ।
काठमाडौँमा नभेटिएका बस्नेत अन्ततः पोखरा विमानस्थलमा भेटिए । उनको साथबाट श्रोत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ ।

काठमाडौँ प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार देखिएको छैन । उनले के कारणले यस्तो गरे भन्ने खुलेको छैन । उनलाई आपराधिक विश्वासघात ठगी मुद्दा चलाउने भएको छ।
यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्