नेकपाका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल शनिबार नुवाकोट जाँदै



काठमाडौ,फागुन-१५।नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल शनिबार अर्थात् फागुन सत्र गते  नुवाकोट आउने कार्यक्रम तय भएको छ।ह्युमत महिला समुह काठमाडौले आयोजना गर्ने एक धार्मिक कार्यक्रममा सहभागिता जनाउन पुर्व प्रधानमन्त्री खनाल नुवाकोट आउने कार्यक्रम तय भएको श्रोतले जानकारी दिएको छ।

जिवित देवीको रुपमा लिईने कुमारी संरक्षण र सम्बर्द्धनको काम गर्दै आएको ह्युमत महिला संजालले शनिबार नुवाकोटस्थित भैरवी मन्दिर परिसरमा नुवाकोटका जीवित कुमारीको पुजा आराधना कार्यक्रम गर्नेछ।कार्यक्रमको प्रमुख आतिथ्यता नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले गर्ने स्थानीय समाजसेवी  तथा नेकपाका नेता पुर्णलाल श्रेष्ठले जानकारी दिनुभयो।

२०७० सालदेखि कुमारी पूजा तथा सम्बर्द्धन कार्यक्रम गर्दै आएको उक्त महिला समूहले नुवाकोटमा तेस्रो पटक  पूजा कार्यक्रम तयारी गरेको ह्युमत महिला समुह काठमाडौका अध्यक्ष मचानानी महर्जनले जानकारी दिनुभयो।उनका अनुसार यस अघि २०७३ सालमा यसप्रकारको कार्यक्रमको आयोजना गरिएको थियो।

नेपालमा नुवाकोटमा रहेको नुवाकोट कुमारी सहित बसन्तपुर कुमारी, मखन कुमारी, किलाघल कुमारी,टोखा  कुमारी, साँखु कुमारी, भक्तपुर कुमारी, साँखु कुमारी, पनौती कुमारी, बुंगमती कुमारी, ललितपुर कुमारी र आजिवन कुमारीलाई जिवित देवि कुमारीहरुको रुपमा पुँजिदै आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्