स्वास्थ्य क्षेत्रमा जापान सरकारको सहयोग अझै बढ्छ: राजदुत मासा



काठमाडौ,फागुन-१५।नेपालका लागि जापानी राजदुत साइगो मासामिचीले नेपालका विकट क्षेत्रको जनताका लागि स्वास्थ्यक्षेत्रमा जापान सरकारले सहयोग बढाउने बताएका छन्।

बिहिवार जिल्ला अस्पताल धनकुटालाई अक्सिजन प्लाण्ट हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत मासाले स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा सहयोग गर्न जापान हरबखत तयार रहेको बताउनुभयो। जापान सरकारले विभिन्न क्षेत्रमा सहयोग गर्दै नेपाल-जापान सम्बन्ध थप सुमधुर बनाउन चाहेको समेत उनले बताएका छन्।

सूर्यबहादुर फाउण्डेसनको पहलमा जिल्ला अस्पताल धनकुटा लाई जापानी राजदुतावासको अनुदानमा अक्सिजन प्लान्ट  निर्माण तथा हस्तान्तरण गरिएको हो । राजदुत मासामिचीले जापान सरकारको सानो सहयोगसगै  कोशी क्षेत्रका  दम-खोकी, निमोनिया जस्ता  धेरै रोगका  बिरामीलाई राहत पुग्ने अपेक्षा राखेको बताउनुभयो।सो योजना  जिल्ला अस्पताल धनकुटा र पूर्व उद्योगमन्त्री सूनिलबहादु थापाको अनुरोधमा  प्लान्ट निर्माण सम्पन्न भएको उनले बताए । सो प्लाण्ट अन्तर्गत ५० शैयाका विरामीका लागि अक्सिजन वितरण गर्न सकिने त्यहाँका चिकित्कले बताए ।

सो प्लान्ट  जापान सरकारको ९६ लाख ६२ हजार १ सय १३८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । जिल्ला समन्वय प्रमुख एवं जिल्ला अस्पताल धनकुटा अध्यक्ष टंक चुहानको अध्यक्षतामा भएको कार्यक्रममा संधिय सांसद राजेन्द्र राईले कार्यक्रम उद्घाटन गरेका थिए ।

पूर्व उद्योगमान्त्रि सुनिलबहादुर थापा समेतको उपस्थितिमा भएको कार्यक्रममा  जापानी राजदुत मासामिचीले रामप्रसाद आँखा अस्पताल धनकुटाको समेत अवलोकन गरेका थिए । १५ शैयाको स्वीकृत जिल्ला अस्पताल धनकुटामा हाल ३५ शैया सञ्चालनमा रहेको छ। कुल ५ विषेशज्ञ चिकित्सकको दरबन्दिमा ३ जना करारका चिकित्सकले अस्पताल सञ्चालनमा ल्याएकाछन् ।

धनकुटा, भोजपूर, शंखुवासभा र तेह्रथुम लगायत कोशि पहाडका विभिन्न जिल्लाका जनतालाई सुविधा हुने जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरीटेण्डेन पुजन विश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस्