चितवनमा ट्रकले ठक्कर दिदा स्कुटर चालकको मृत्यु



काठमाडौ,फागुन-१७।चितवनमा ट्रकले ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको छ।

शुक्रबार साझ  ७.१५ बजे भरतपुरको हुलाकचोक अगाडी आँपटारीबाट बाईपास हुदैँ केन्द्रीय बस टर्मीनल जादैँ गरेको ना ६ ख १४७५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ३१ प ४५८५ नम्बरको को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

अन्दाजी २०/२५ वर्षीय युवकको पहिचान खुलेको छैन।दुबै सवारी साधन र ट्रकका चालक प्रहरीको नियन्त्रणमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्