दाङ महोत्सवमा रितुलाई दर्शकको लगातार  वान्स मोर



दाङ।दाङ जिल्लाको तुलसीपुर महोत्सवमा चर्चित गायिका रितु कंडेलले दर्शकको वाहवाही पाएकी छिन।आज अर्थात शनिबारको महोत्सवमा जब गायिका रितु आऊ न आऊ.. बोलको गीत गुनगुनाउदै स्टेज प्रवेश गरिन,दर्शक दिर्घाबाट निरन्तर हुटिङ छाइरह्यो।

कालो बुट्टेदार लेहेङ्गामा प्रस्तुत भएकी रितुलाई दर्शकहरुले स्वर सगै आकर्षक पर्फर्मेन्सको वान्स मोर चाहिरहे।अन्ततः झन्डै ९० हजार दर्शक सामु झुटो माया जाल..बोलको गीत गाउन बाध्य भइन।

त्यस्तै अर्को आकर्षक प्रस्तुति थियो नायक दिलिप रायमाझी र  मोडल आरुषी मगरको।नायक रायमाझी र मोडल मगरले ‘मायाँले बाध्यो हे रेशम’बोलको गीतमा आफू नाच्दै दर्शकलाई समेत नचाएका थिए।

यसैगरि शनिवार महोत्सवका अर्का आकर्षक बनेका लोक गायक कुलेन्द्र बिकले सालको पातको टपरी गीत गाउँदा  महोत्सवको मास सम्हाल्न हम्मे हम्मे परेको थियो । उनले नजाउ हैन सानु पँधेरीमा लगाएका गीतहरु समेत पस्केका थिए ।

प्रतिक्रिया दिनुहोस्