सुन तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य घट्यो



काठमाडौं,कात्तिक १० । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर दुई लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

दसैंअघि सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ रहेको थियो। दसैंपछि बजार खुल्दा आइतबार सुनको मूल्य ११ हजार ७०० रुपैयाँले घटेर दुई लाख ७८ हजार ५०० रुपैयाँमा झरेको थियो। त्यसयता भने सुनको मूल्य निरन्तर बढिरहेको छ।

यस्तै, चाँदीको मूल्य मंगलबार प्रतितोला २५ रुपैयाँले घटेको छ। सोमबार तीन हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तीन हजार ९७० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्