देशभर टेलिकमको फोरजी सेवा



काठमाडौं। देशभर टेलिकमको फोरजी सेवा विस्तार भएको छ।हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा हिजो अर्थात मंगलबार फोरजी जडान र परीक्षणसगै देशका ७७ वटा जिल्लामा यसको पहुँच विस्तार भएको हो ।
देशको ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गर्न चाइना कम्पनीसग गत वर्ष माघ महिनामा नै सम्झौता भएको प्रवन्धनिर्देशक डिल्लीराम अधिकारीले बताए।अधिकारीले मङ्गलबारको सफलतासँगै देशैभर फोरजी नेटवर्क विस्तार गर्नेमा टेलिकम पहिलो र सबैभन्दा ठूलो सेवा प्रदायक बनेको बताउनुभयो।

टेलिकमले अहिलेसम्म दुई हजार ३८ साइडका तीन हजार ६८३ टावरमा जडान फोरजी प्रविधि जडान गरेको र दुई सयभन्दा बढी नयाँ टावर नयाँ स्थापना गरेको अधिकारीको भनाई रहेको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्