धादिङमा नवजात शिशुको शव फेला



धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ ठिङग्राङमा आज अर्थात बुधबार नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

जमिनमा माटोले पुरिएको अवस्थामा रहेको नवजात शिशुलाई जंगली जनावरले खोस्रिएर निकालेको अवस्थामा प्रहरीले फेला पारेको नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

मृतक शिशुको आमा बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ ठिङग्राङको बर्ष २५ की प्रमिला रेग्मीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृत नवजात शिशुको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्