टिपर आतंक  उस्तै,काठमाडौमा दुईको ज्यान गयो



काठमाडौं।काठमाडौस्थित कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको ज्यान गएको छ ।

ज्यान जानेमा मोटरसाइकलमा सवार रौतहट घर भई हाल काठमाडौंमा बस्दै आएका राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेका छन् ।

टिपरले ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुबै गम्भीर घाइते भएका थिए । घाइते दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिएर फरार टिप्परको खोजिकार्य भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्