बोनम्यारो रोग उपचारार्थ ´सेल्फी किङ्ग` चलचित्रको च्यारिटी शो



काठमाडौ,माघ-२६।बिश्वकै “होचो कद” का कलाकार मनोज बि.क.को बोनम्यारो रोग  उपचारार्थ ´सेल्फी किङ्ग`चलचित्रको च्यारिटी शो गरी सहयोग रकम जुटाईएको छ।

सो कार्यक्रममा प्रमुख अतिथि पुर्ब परराष्ट्र राज्यमन्त्री एवं दक्षिण कोरियाका निबर्तमान राजदुत अर्जुनजङ्गबहादुर सिहले चलचित्रले समाजमा रहेको बिकृति र बिसङ्गति हटाउन सहयोगी भुमिका खेल्ने बताउनु भयो।कार्यक्रमका विशिष्ट अतिथि युवा नेता रमेश कुमार महतले चलचित्र समाजको ऐना भएकाले समाजलाई हेर्न र परिवर्तन गर्न संवाहक भुमिका रहेको बताउदै यसप्रकारको कार्यक्रमले मनोज वि.क.को उपचारमा ठुलो सहयोग पुग्न सक्ने बताउनुभयो।

विशिष्ट अतिथि समाजसेवी युवानेता क्षितिज भण्डारी,कलाकार संघका अध्यक्ष दिनेश शाही लगायतले सरकारले गर्नुपर्ने काम स्वयंसेवक भै गरेको चर्चा गर्दै अत्यन्तै यथार्थपरक  फिल्म “सेल्फी किङ्ग” ले युवालाई आफ्नो प्रतिभा चिन्न र सदाचारमा बस्न सन्देश दिने बताएका थिए ।उक्त च्यारिटी सो कार्यक्रमवाट कार्यक्रमका प्रमुख अतिथि सिंह,विशिष्ट अतिथि महंत र क्षितिज भण्डारीवाट उपचारार्थ रु २ लाख बिस हजारको चेक संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्