प्रेस युनियन नुवाकोटमा सुवेदी



नुवाकोट,माघ-२६। प्रेस युनियन नुवाकोटमा नमराज सुवेदी निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका छन ।
शनिबार अर्थात हिजो सम्पन्न जिल्लाको  सातौ अधिवेसनले नवराज सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा गमला लामा र सुरज सिलवाल, सचिवमा रविन दाहाल, सहसचिवमा श्रीकृष्ण आचार्य , उषा रेग्मी र कोषाध्यक्षमा भगवती लामा सर्वसम्मत पमा चयन भएका छन ।
   त्यस्तै कार्यसमितिको सदस्यहरुमा विशाल देवकोटा, राकेश डंगोल, अर्जुन ढुङ्गेल ,रुसना अर्याल  र प्रल्हाद केशी लाई चयन गरेको नवनिर्वाचित अध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्