नेकपाका अध्यक्ष प्रचण्डद्वारा पूर्व सहकर्मी बोगटीको शालिक अनावरण



नुवाकोट,माघ-२७। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व सहकर्मि तथा दिवंगत नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गरेका छन् । नुवाकोटको बिदुरनगरपालिका-७ स्थित तुप्चेमा निर्माण गरिएको पुर्व सहकर्मी तथा दिवंगत नेता पोष्ट बहादुर बोगटीको शालिक आज एक समारोहका बिच अनावरण गरेका हुन् ।

  पन्ध्र लाख लागतमा निर्माण गरिएको चौतारी सहितको शालिक स्वर्गीय नेता पोष्ट बहादुर बोगटीको जन्मथलोमा निर्माण गरिएको छ।निर्माण कमिटीका अध्यक्ष कल्पना रिमालका अनुसार शालिक तथा चौतारी निर्माणका लागि बिभिन्न संघ संस्था, बिदुर नगरपालीका, वडा कार्यलय,स्थानीय युवा क्लब लगायतको आर्थिक सहयोग रहेको छ।

ऊर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुनसहित नुवाकोट पुगेका अध्यक्ष प्रचण्डले  विदुर नगरपालिका ७ तुप्चे पुगेका अध्यक्ष प्रचण्डले श्री चण्डेश्वरी माध्यमिक विद्यालयको अभिभावक भेला लाई समेत सम्बोधन गरे ।सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले आफू तत्काल प्रधानमन्त्री नबन्ने तर आवश्यक परे नहट्ने बताउनुभयो।कार्यक्रममा नुवाकोटका नेता, कार्यकर्ता तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
 
सामुदायिक विद्यालय भवन उद्घाटन

यसैबीच अध्यक्ष प्रचण्डले सोमबार नुवाकोटकै एक सामुदायिक विद्यालयको भवन उद्घाटन गरेका छन्।भारत सरकारद्वारा निर्मित नुवाकोटको किस्पाङ्म गाउँपालिकामा रहेको  ऐँसेलुभूमे माध्यमिक विद्यालयको भवन उद्घाटन गरेका हुन् ।

नयाँ संरचनामा निर्मित भवनमा तीनवटा ब्लकहरु निर्माण भएको छ।विद्यालयको तीनतले शैक्षिक भवनमा ६ वटा कक्षाकोठा रहेका छन् । दुई तले शैक्षिक भवनमा ४ वटा कक्षाकोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको व्यवस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्