त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लाग्यो



काठमाडौँ,माघ-२७। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको छ। विमानस्थलको कफीसपमा आगलागी भएको हो । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भइ धुवाँको मुस्लो निस्कदा सबै त्रसित भएका थिए।एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको एयरपोर्ट टर्मिनल कार्यालयले जनाएको छ ।

आगलागीपछि यात्रुहरु यत्रतत्र भागदौड हुँदा दोहा उड्नुपर्ने कतार एयरवेजको जाहज उड्न सकेको छैन । यसैगरी,काठमाडौं अवतरण हुनुपर्ने चाइना साउर्दन, सिल्क एयर, हिमालय एयरलाइन्स र नेपाल वायु सेवाको निगमको गरी चारवटा जहाज सिमरामाथिको आकाशमा होल्ड छन ।

आगलागि के कति कारणले भयो भन्ने यकिन हुन सकेको छैन ।क्षतिको विवरण आउन बाकी छ।

प्रतिक्रिया दिनुहोस्