नेपाल प्रहरीको महानिरीक्षकमा डिआइजी ठाकुर ज्ञवाली



काठमाडौ,माघ-२८।सरकारले नेपाल प्रहरीको आइजिपीमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ।मंगलवार बसेको मन्त्रीपरिषदको बैंककले डिआइजी ज्ञवालीलाई प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषदमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले डिआइजी ज्ञवालीलाई प्रहरी महानिरीक्षक(आइजिपी)बनाउने प्रस्ताव गरेका हुन।यस अघि गृहसचिव महेश्वर न्यौपानैसँग यस बिषयमा मन्त्री थापाले छलफल गरेका थिए।

श्रोतका अनुसार  नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को संयुक्त छलफल अनुसार ज्ञवालीलाई आइजिपी बनाइएको हो।

आइजिपी सर्वेन्द्र खनालसहित तीन एआइजी र डिआइजीहरुले सेवाहदका कारण आजैबाट  अवकास पाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्