प्रेम दिवसमै घट्यो यस्तो घटना: प्रेम प्रस्ताव अस्वीकार भन्दै आफैमाथि पेस्तोल प्रहार



काठमाडौं, फागुन २ । आज प्रेम दिवस।पश्चिमी मुलुक लगायत नेपालमा समेत प्रेम दिवसलाई उल्लासमय तवरले मनाइदैछ।

यस दिवसका सवल र दुर्वल दुबै पक्ष हुनसक्ने समेत नेपालका संस्कृती बिज्ञहरु बताउँछन्।
यता प्रेम दिवसकै रौनकमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा भने अप्रिय  घटना घटेको छ।जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफ्नै पेटमा गोली प्रहार गरेकाछन् ।

उनले आज विहान एक महिला प्रहरीलाई प्रेम प्रस्ताव राखेका थिए।प्रस्ताव  अस्वीकार गरे लगत्तै महिला प्रहरीको  पेस्तोल खोसेर आफ्नो  पेटमा गोली प्रहार  गरेका हुन।

महोत्तरी घर भइ हाल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत २४ बर्षिय प्रहरी जवान चन्द्रकिशोर रायले आफैंलाई गोली हानेका हुन् । प्रेमिकालाइै गरेको प्रस्ताव अस्विकार भएपछि उनले आफ्नै पेटमा गोली हान्दा सख्त घाइते भएका हुन् ।घाइते जवानको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको  सिन्धुुली प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान सुरु भएको समेत प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्