वुहानबाट १७५ नेपालीको उद्धार



काठमाडौ , फागुन-४ । चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ भने ६ जना नेपालीलाई स्वास्थ्यमा थप समस्या देखिएकोले विमानस्थलका अधिकारीले विमान चढ्न रोकेका छन।त्यस्तै १८५ मध्ये  ४ जना नेपालीले वुहानमै बस्न चाहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको  छ ।

केही विद्यार्थीलाई उच्च  ज्वरो देखिएपछि उनीहरुलाई विमान चढ्नबाट रोकिएको हो । शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो। विमान बेलुकी ८ बजे वुहानमा उत्रेको थियो। चीनबाट ल्याईने नेपालीलाई खरीपाटीको क्वारेन्टाइनमा राखिने छ ।

प्रतिक्रिया दिनुहोस्