महत्वाकांक्षी विकासको वहस भन्दा जनताको आवश्यकता सरकारको प्राथमिकता हुनुपर्छ-नेता महत



नुवाकोटको, माघ-४।नुवाकोटको तारकेश्वर गाउँपालिकामा निर्मित ढाडाखर्क खानेपानी आयोजनाको नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्रि डाक्टर रामशरण महतद्धारा हिजो अर्थात शनिबार एक समारोह विच उद्घाटन गर्नु भएको छ ।

उक्त खानेपानी आयोजनाको उद्घाटन गर्दै नेता डाक्टर महतले प्रत्येक घर परिवारलाई शुद्ध पिउने पानी पाउनु पर्ने नागरिकको अधिकार भएको बताउदै विगतमा कांग्रेस सरकारमा भएकै वखत प्रत्येक गांउमा खानेपानी, स्वास्थ्य सेवाको लागि प्रत्येक गांउमा स्वास्थ्य चौकि र पुर्वाधार निर्माणको लागि सडक पुर्याउन सरकारले प्राथमिकता का साथ काम गरेको स्मरण गर्नुभयो।उहाले महत्वाकांक्षी योजनाका वहस गर्नु भन्दा निर्माण भएका कच्ची सडकहरुको स्तरोन्नति सरकारको प्रथमिकता हुनुपर्ने समेत बताउनु भयो।

कार्यक्रममा सांसद वहादुर सिं लामाले सरकार निर्माणको काममा भन्दा भ्रष्टाचारमा लिप्त भएको वताउदै हिजो वजेट राखि निर्माण शुरु गरिएको आयोजनाहरु आज वजेट विहिन भएकोले कतिपय योजनाहरु अलपत्र भएको वताउनु भयो ।

४९ घरधुरिमा प्रत्येक घरमा धारा निर्माण गरिएको उक्त कार्यक्रमको उद्घाटन मन्तव्यको क्रममा महासमिति सदस्य रमेश कुमार महतले उक्त आयोजनाको निर्माणले स्थानीय स्तरमा स्वस्थ जीवनको लागि सहयोगी हुने र हिजो खानेपानी व्यवस्थापनले विगतमा टाढाबाट पानी ल्याउन लाग्ने समय वचत हुन्छ उक्त वचेको समय कृषि तथा आयआर्जनमा लाग्न सकिने  बताउनु भयो।
पर्यटन व्यवसायी मोहन लम्साल र शिव अधिकारिको प्रयासमा विदेशि नागरिकहरुको ४५ लाख रकम सहयोगमा संचालित उक्त आयोजना स्विस नागरिकहरु ३५ दिन वसि निर्माण गरिदिएका हुन।

कार्यक्रममा रमेशकुमार पाठक,चोकराज शाक्य,राजकुमार भट्टराई,हरि श्रेष्ठले मन्तव्य राखेका थिए  भने सिताराम अधिकारिको अध्यक्षतामा कार्यक्रम सम्पन्न  भएको  थियो ।

प्रतिक्रिया दिनुहोस्