पुर्व राजा ज्ञानेन्द्र दिल्ली प्रस्थान



काठमाडौं, फागुन-४ । पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली यात्रामा निस्किएका छन्। उनी भिस्तारा एयरलाइन्स मार्फत  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ  दिल्ली प्रस्थान गरेका हुन।उनले  पत्नीसहित दिल्ली यात्रा तय गरेका हुन्।
    
    दिल्ली रहदा महत्त्वपूर्ण भेटघाट रहेको निकट श्रोतले जानकारी दिएको छ।यसर्थ यस भ्रमणलाई अर्थपूर्ण मानिएको छ।निकट श्रोतका अनुसार शाहले पत्नीका साथमा सहयोगीहरुलाई समेत लिएर गएको बताइएको छ।दुई साता लामो बसाईको क्रममा शाहले भारतको सत्तारुढ दल निकटस्थहरुसँग विशेष भेट गर्ने तय गरेका छन् ।
   केही दिनअघिमात्र सिक्किमबाट स्वदेश फर्किएका उनी दिल्ली जान लाग्नुले नयाँ रहस्य जन्माएको छ । सिक्किममा रहँदा उनले भारतको सत्तारुढ दल नजिक रहेका केही व्यक्तिसँग भेटेका थिए।

प्रतिक्रिया दिनुहोस्