पुर्वसभामुख महरामाथिको मुद्दा फैसला भोलिमात्रै



काठमाडौं, फागुन-४ । पूर्वसभामुख कृष्णबहादुर महरामाथिको मुद्दाको फैसला भोलिमात्रै हुने भएको छ । अन्तिम फैसला आज आउने भनिए पनि फैसला लेख्न ढिला भएपछि भोलिको मिति तय गरिएको बताइएको छ।

यता महरा स्वयम आज (आइतवार) बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा उपस्थित् थिए ।

न्यायाधीश अम्बरराज पौडेलका अनुसार इजलासमा दुवै पक्षका वकिलहरुको बहस सकिएको छ तर  फैसला लेख्न बाँकी भएकाले फैसला भोलि मात्रै गरिने श्रेष्तेदार अम्मबरराज श्रेष्ठले  जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्