क्वारेन्टाइनमा रहेका नेपाली भक्तपुरबाट भोलि घर फर्कने



काठमाडौ,फागुन-१८ । भक्तपुरको क्वारेन्टाइनमा रहेका नेपाली भोलि घर फर्कने भएका छन्।कोरोनाको उद्गमस्थल वुहानबाट उद्धार गरी ल्याइएका नेपालीहरुको थ्रोट स्वाव  परीक्षण अन्तिम चरणमा पुगेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

अहिले क्वारेन्टाइनमा बसिरहेका १ सय ७५ जना नेपालीको थ्रोट स्वाव संकलन गरी प्रयोगशालामा पठाइएको छ ।

निमित्त महानिर्देशक श्रेष्ठका अनुसार उद्धार गरिएका सबै नेपालीको परीक्षण कार्य अन्तिम चरणमा पुगेको र  नेगेटिभ देखिए घर फर्काउने तयारी भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्