आजदेखी भिजिटर पास बन्द



काठमाडौं, फागुन-२० ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट यात्रुको सुविधाका लागि दिइदै आएको ‘भिजिटर पास` बन्द गरेको छ।  कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी विमानस्थलले उक्त सेवा बन्द गरेको हो।

अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गर्दै  अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको जनाएको छ।

विमानस्थलमा  आवतजावत कम गर्न,अनावश्यक मात्रामा यात्रुलाई स्वागत तथा बिदाइ गर्न,अत्यावश्यक काममा आउने सबैलाई मास्क प्रयोग गरिदिन समेत अत्यावश्यक काममा आउने सबैलाई मास्क प्रयोग गरिदिन  समेत अनुरोध गरिएको छ ।

चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्