जन्ती बस दुर्घटना,मर्नेको संख्या चार पुग्यो



हेटौंडा,फागुन-२२ ।जन्ती बस दुर्घटनामा मर्नेको संख्या चार पुगेको छ।मकवानपुरगढी गाउँपालिका–२ को शिखरकटेरीमा बुधबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको हो ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र एक जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।जिल्ला  प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार मृत्यु हुनेहरुमा मकवानपुरगढी–७ का सोमबहादुर मोक्तान, सोही ठाँउ बस्ने सोमबहादुर रुम्बा र सुरज ल्हो रहेका छन् । दुर्घटनाबाट मोक्तान र रुम्बाको घटनास्थलमा नै तथा ल्होको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा नै मृत्यु भएका अर्का एक जनाको भने सनाखत हुन सकेको छैन । उपचारका लागि अस्पताल भर्ना भएका ४९ जनामध्ये २६ जनाको अवस्था सामान्य भएकाले उहाँहरुलाई घर पठाइएको छ र अन्यको हेटौँडा अस्पताल, चुहेहिल अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्